दफा २९
थप सुविधा तथा सहुलियत
देहायका उच्चोगहरुलाई दफा २४, २५, २६, २७ र रद८ मा उल्लिखित छुट, सुविधा तथा सहुलियतका अतिरिक्त देहाय बमोजिमका थप सुविधा तथा सहुलियत दिन सकिनेछः-
(क) वन पैदावारमा आधारित उद्योगलाई कबुलियत वा लिजमा आवश्यक शर्त तोकी कुनै खास क्षेत्रको वन प्रचलित कानून बमोजिम भोगाधिकार उपलब्ध गराउन सकिने,
(ख) उद्योगले आफ्नो प्रयोजनको लागि उत्पादन गरेको विद्युतमा प्रचलित कानून बमोजिम लाग्ने दस्तुर वा रोयल्टी नलाग्ने,
(ग) उद्योगले आफ्नो प्रयोजनको लागि उत्पादन गरेको विद्युत बढी भई बिक्री गर्न चाहेमा बिक्री गरिने विद्युतको परिमाणमा आपसी सहमतिबाट कायम भएको दरमा प्रचलित कानून बमोजिम बिक्री गर्न सकिने,
(घ) निर्यातमूलक उच्योग, विशेष आर्थिक क्षेत्र वा सरकारी वा निजी औद्योगिक क्षेत्रमा स्थापना हुने तोकिए बमोजिमका उद्योगलाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी थप सुविधा तथा सहुलियत उपलब्ध गराउन सक्ने,
(ङ) राष्ट्रिय प्राथमिकताप्राप्त उद्योग वा स्वदेशी कच्चा पदार्थ, श्रम र सीपको अधिकतम उपयोग वा नेपालभित्रै प्रविधि वा वस्तुको आविष्कार गरी स्थापना भएका उद्योगहरुको लागि बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी थप सुविधा तथा सहुलियत दिन सक्ने,
(च) विद्युत आपूर्ति नभएको समयको अनुपातका आधारमा उद्योगले तिर्ने विद्युत महसुलमा लगाइआएको डिमाण्ड चार्ज तोकिएको आधारमा तोकिएको कार्यविधि अपनाई नेपाल सरकारले छुट दिन सक्ने,
(छ) अति अविकसित क्षेत्रमा उद्योग स्थापना गर्न सहकारी, लघु उद्यम, घरेलु र साना उद्योगलाई बीउ पूँजी (सिड क्यापिटल) को रुपमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिम अनुदान उपलब्ध गराउन सक्ने,
(ज) विदेशी लगानीमा सञ्चालित उद्योगलाई नयाँ वस्तुको उत्पादन तथा बजार विकास र प्रवर्दन गर्नका लागि त्यस्तो उचोगले विदेशस्थित मूल कम्पनीबाट उत्पादित सामानहरु तोकिए बमोजिमको शर्त र सीमाभित्र रही निश्चित अवधिका लागि आयात गर्ने अनुमति प्रदान गर्न सकिने,
(झ) सुर्तीजन्य र मदिराजन्य उद्योग बाहेक दफा १७ को उपदफा (२) बमोजिमको उत्पादनमूलक उद्योग, कृषि तथा वन पैदावरमा आधारित उद्योग र खनिज उद्योगलाई नेपाल सरकारले तोकिए बमोजिम प्रोत्साहन, छुट, सुविधा वा सहुलियत उपलब्ध गराउन सक्ने,
(ज) लघु, घरेलु तथा साना उद्योगले आफ्नो उद्योगको क्षमता अभिवृद्धि गर्न आवश्यक पर्ने मेसिनरी, यन्त्र, उपकरण जस्ता नवीन प्रविधि आयात गर्दा लाग्ने भन्सार महसुलमा छुट दिन सकिने,
(ट) औद्योगिक क्षेत्र, एकैप्रकारका वस्तु उत्पादन गर्ने केन्द्र (प्रोडक्ट स्पेसिफिक जोन) र उद्योग ग्रामभित्र सञ्चालनमा आएका उद्योगलाई नेपाल सरकारले प्रोत्साहन, छुट, सुविधा वा सहुलियत सम्बन्धमा विशेष व्यवस्था गर्न सक्ने,
(ठ) नेपाल सरकारले अति अविकसित, अविकसित र कम विकसित क्षेत्रमा स्थापना हुने उद्योगलाई थप प्रोत्साहन, छुट, सुविधा वा सहुलियत उपलब्ध गराउन सक्ने ।
(ड) प्रचलित कानून बमोजिम स्थापना भएको उद्योगले स्वीकृत कच्चा पदार्थ खपतको क्षमता अनुसार कच्चा पदार्थ प्रयोग गर्दा खेर जाने कच्चा पदार्थ (जर्ति) को मापदण्ड उद्योग दर्ता गर्ने निकायले तोक्न सक्ने,
(ढ) एक अर्नभन्दा बढी पुँजी लगानीमा स्थापना हुने सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित उद्योगलाई नेपाल सरकारले तोकिए बमोजिम प्रोत्साहन तथा सुविधा प्रदान गर्न सक्ने, (ण) स्टार्टअप उच्चमलाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले प्रोत्साहन, छुट, सहुलियत वा वित्तीय तथा गैरवित्तीय सुविधा प्रदान गर्न सक्ने ।
(त) कुनै पनि उच्योगले प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैङ्कको स्वीकृतिमा विदेशी वित्तीय संस्थाबाट परियोजना क्रण (प्रोजेक्ट लोन) वा परियोजना लगानी (प्रोजेक्ट फाइनान्सिङ) सम्झौता गरी क्रण लिन सक्ने,
(थ) वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, बिजनेस प्रोसेस आउटसोर्सिङ वा नलेज प्रोसेस आउटसोर्सिङ गर्ने सूचना प्रविधिमा आधारित उद्योगलाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सुविधा वा सहुलियत प्रदान गर्न सक्ने।